बाजुराका एक जनाको कोरोना संक्रमणका कारण धनगढीमा मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–५ का दिपक रावलको धनगढीमा मृत्यु भएको हो ।
सोमबार विहान धनगढीस्थित सेती प्रादेशिक कोरोना अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि सामाजिक सेवामा लागेका रावलको मृत्युको खबरले जिल्ला बासीलाई स्तब्ध बनाएको छ ।
बिगत केही बर्षदेखि धनगढीको कम्पनीमा लेखापालको रुपमा काम गरिरहेका थिए । जिल्लामै पहिलो पटक कम्प्युटर सेन्टर संचालन गर्ने व्यक्ति पनि हुन । उनको मृत्युको खबर सुनेपछि जिल्ला बासीले दुःख व्यक्त गरेका छन् ।

0 Comments