जिल्ला कारागारमा एक जना कैदीबन्दीलाई कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आइतबार एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा एक जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन् ।
कारागारमा ५९ जना कैदीबन्दी रहेका छन् । जस मध्ये बढी जसो कैदीबन्दीमा कोरोनासंग मिल्दो जुल्दो लक्षणका बिरामीहरु देखा परेको प्रहरी नायव उपरिक्षक महराले बताए । एक जनाका कोरोना संक्रमण पुष्टि भएपछि थप ७ जना कैदीबन्दीलाई कोरोना परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा लगिएका छन् ।

0 Comments